जाडोमा गाडी स्टार्ट नहुने समस्याको समाधान

नेपालभ्युज

जाडोमा गाडी स्टार्ट नहुने समस्याको समाधान

एजेन्सी । जाडोमा कार लगायतका गाडी स्टार्ट गर्न समस्या पर्छ । विशेषगरी यस्तो समस्या त्यस्ता कारमा धेरै हुन्छ जो समयमा मर्मतसम्भार गरिएको हुँदैन ।

केही साना ट्रिक अपनाउनु भयो भने मात्रै पनि यस्तो समस्या सहजै हल हुन्छ ।

चिसोको कारणले फ्यूल पम्पमा पानी जम्मा हुन्छ । यस्तोमा यदि फ्यूल ट्यांक सधैं भरेर राख्नुभयो वा कम हुन दिनुभएन भने यस्तो समस्या कहिल्यै आउँदैन ।

ब्याट्रीको कार्यक्षमता कम हुँदै गयो भने पनि यस्तो समस्या आउने गर्छ । त्यस्तै ब्याट्रीको टर्मिनल्समा फोहोर जम्मा हुनाले पनि गाडी स्टार्ट हुँदैन । त्यसैले यो कुरालाई बेलैमा ध्यान दिनुभयो भने यस्तो समस्या भोग्नु पर्दैन ।

इन्जिन आयल पुरानो हुँदै गयो वा कम भयो भने पनि स्टार्ट गर्न समस्या हुन्छ । त्यसैले इन्जिन आयलको लेवल सधैं राम्रो अवस्थामा राख्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved