निर्वाचनबाट नेतृत्व चयन गर्न सुझाव

नेपालभ्युज

निर्वाचनबाट नेतृत्व चयन गर्न सुझाव

हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म पाँचवटा संसदीय समितिहरुको नेतृत्व चयनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच विवाद रहेको अवस्थामा प्रदेशसभाअन्तर्गतका पाँचवटा संसदीय समितिको नेतृत्व सर्वसम्मतिबाट गर्न सुझाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा आइतबार बसेको  बैठकमा यस्तो सुझाइएको हो ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), राप्रपा, हाम्रो नेपाल पार्टीका प्रमुख सचेतक र संसदीय दलका उपनेताको सहभागिता थियो । नेपाल मजदुर किसान पार्टीले भने बैठक बहिष्कार गरेको थियो ।

बैठकले प्रदेशसभाअन्तर्गतका पाँच संसदीय समितिहरुको नेतृत्व चयन निर्वाचनबाट गर्न राजनैतिक दलहरूबीच सहमति कायम गर्ने र यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन सुझाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved