केरा किन सिधा हुँदैन ?

नेपालभ्युज

केरा किन सिधा हुँदैन ?

एजेन्सी । केरा एकदमै मिठो फल हो । यो प्रायः सबै मानिसले खाने गर्छन् । स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । तर यसको आकारलाई देखेर धेरै मानिसले धेरै प्रकारका प्रश्न गर्दछन् । आखिर केरा किन घुमेको हुन्छ ? त्यो किन सिधा हुँदैन ?

केरा सधैं घुमेको हुने गर्छ । जसको कारण हो नेगेटिभ जियोट्रोपिज्म । यस प्रक्रियाले गर्दा नै केरा सिधा हुँदैन । नेगेटिभ जियोट्रोपिज्म एउटा प्रक्रिया हुन्छ जसले गर्दा केरा जमिनतिर भन्दा आकासतिर फर्केर बढ्न थाल्छ । यसले चुम्बकीय शक्तिको विपरित काम गर्दछ ।

केरा बोटमा उल्टो भएर टंगिएका हुन्छन् । यसको तल्लो भाग माथितिर फर्किएको हुन्छ । जब त्यो ठूलो हुन थाल्छ, सूर्यको किरणले गर्दा त्यतैतिर बढ्न थाल्छ ।

विभिन्न जानकारीअनुसार केराको बोट पहिला अमेजनको रेनफरेस्टको जंगलमा बीचतिर पाइन्थ्यो । त्यहाँ सूर्यको किरण एकदमै कम हुन्छ । यही कारणले गर्दा केराले आफूलाई सुर्यको किरण खोज्दै त्यतैतिर ढालेको बताइन्छ ।

रेनफरेस्टको मध्यभागतिर पाइने भएकाले केराको बोटमा सूर्यको किरण कम पुग्ने गर्थ्यो । यही कारणले केरा सूर्यको किरणतिर बढ्न थाले । त्यस्तै केराको बोटलाई धार्मिक दृष्टिले एकदमै महत्वपूर्ण स्थानमा राखिएको छ । यस बोटको पूजा गरिन्छ ।

शरीरलाई स्वस्थ राख्नका लागि पनि केरा एकदमै सस्तो र राम्रो फल हो । यो कुनै पनि मौसममा खान सकिन्छ । यसलाई ऊर्जाको पावर हाउस नै मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved