फिलिपिन्समा भूकम्पपछि अर्को त्रासदी, युनिभर्सिटीमा भएको विष्फोटमा ३ जनाको मृत्यु

नेपालभ्युज

फिलिपिन्समा भूकम्पपछि अर्को त्रासदी, युनिभर्सिटीमा भएको विष्फोटमा ३ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको एउटा क्याथोलिक मठमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । मारावी शहरको मिन्डानाओ स्टेट युनिभर्सिटीको मठमा  रहेको एउटा व्यायामशालामा आज विहान  विष्फोट भएको हो ।

विष्फोटको निन्दा गर्दै युनिभर्सिटीले हिंसालाई सभ्य समाजमा कुनै स्थान नहुने बताएको छ । उच्च शिक्षाको संस्थामा गरिएको विष्फोटलाई सो युनिभर्सिटीले कायरताको संज्ञा दिएको छ ।

घटनाविरुद्ध ईसाई समुदाय हिंसा विरुद्ध एकताबद्ध भई हिंसा विरुद्ध उभिने युनिभर्सिटीले जनाएको छ ।
विश्वविद्यालयले आफ्नो क्याम्पसमा थप सुरक्षा कर्मचारी तैनाथ गरिएको र अर्को सूचना नभएसम्मका लागि सबै शैक्षिक गतिविधिहरू स्थगित गरिएको बताएको छ ।

सो क्षेत्रमा सन् २०१७ मा सरकारी सेना र इस्लामिक स्टेटका लडाकुहरुबीच ५ महिना लामो युद्ध भएको थियो ।

फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved