आर्सनलको अग्रता कायमै, म्यानचेस्टर युनाईटेड न्यूक्यासलसँग पराजित

नेपालभ्युज

आर्सनलको अग्रता कायमै, म्यानचेस्टर युनाईटेड न्यूक्यासलसँग पराजित

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ । हिजो भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत छ ।
आर्सनलको १४ खेलबाट ३३ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलमा २९ अङ्क छ ।

प्रिमियर लिगमा गएराति भएको अर्को खेलमा न्यूक्यासलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । युनाइटेडलाई न्यूक्यासलले १–० गोलले हराएको हो ।

अन्य खेलमा बे्रन्टफोर्डले लुटन टाउनलाई ३–१ गोलले, बर्नलीले सेफिल्ड युनाइटेडलाई ५–० गोलले र एभर्टनले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved