अनुहारमा चमक ल्याउने पाँच फलका बोक्रा

नेपालभ्युज

अनुहारमा चमक ल्याउने पाँच फलका बोक्रा

एजेन्सी । बढ्दो प्रदुषण र खराब खानपानले गर्दा मानिसको अनुहारबाट चमक नै हराएको हुन्छ । तपाईं आफ्नो छालालाई स्वस्थ राख्न चाहनुहुन्छ भने विभिन्न पाँच फलका बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसलाई विस्तारमा जान्नुहोस् ।

सुन्तलाको बोक्रा

अनुहारमा चमक ल्याउन सुन्तलाको बोक्राबाट बनेको फेस मास्क लगाउनुहोस् । सुन्तलामा भिटामिन सीको मात्रा एकदमै धेरै हुन्छ जसले कालो दाग कम गर्छ । साथमा यसलाई लगाउँदा प्राकृतिक रुपमा कोलेजन बढ्न थाल्छ ।

केराको बोक्रा

अनुहारमा चमक ल्याउनका लागि केराको बोक्राको प्रयोग पनि राम्रो हुन्छ । केराको बोक्रामा पाइने एन्टीअक्सीडेन्ट्सले कालो दाग हटाउँछ । साथमा यसको फेस मास्क लगाउँदा अनुहारमा चमक पनि आउँछ ।

स्याउको बोक्रा

स्याउको बोक्राबाट बनेको पाउडर अनुहारमा लगाउँदा पनि फाइदा हुन्छ । यसको बोक्रालाई घाममा सुकाएर पिसेर यसमा दही मिसाएर पेस्ट तयार गर्ने र अनुहार तथा घाँटीको भागमा लगाउनुपर्छ । यसले अनुहारमा चमक ल्याउनुका साथै छालालाई मुलायम बनाउँछ ।

मेवाको बोक्रा

बजारमा मेवाबाट बनेका साबुन, क्रिम आदि धेरै देख्नुभएको वा प्रयोग पनि गर्नुभएको होला । तपाईंले घरमै मेवाको बोक्रा लगाएर पनि अनुहारमा चमक ल्याउन सक्नुहुन्छ । यसले घामले जलेको छालालाई पुनः प्राकृतिक रंगमा निखार्ने काम गर्छ ।

कागतीको बोक्रा

धेरै चिल्लो छाला छ भने कागतीको बोक्राको प्रयोग फाइदाजनक हुन्छ । यसले प्राकृतिक चमक ल्याउनुका साथै मरेका कोषिकालाई सफा गरेर छालामा चमक ल्याउँछ । कागतीको बोक्रालाई पनि सुकाएर पेस्ट बनाएर प्रयोग गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved