केपी ओली कप क्रिकेटमा कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

नेपालभ्युज

केपी ओली कप क्रिकेटमा कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेटमा कोशीलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा आर्मीले कोशीलाई ३९ रनले पराजित गरेको हो। लगातार दुई जितबाट ४ अंक जोडेको आर्मी अन्तिम चारमा पुगेको छ ।

१८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रनमा अलआउट भयो। कोशीको लागि सोनु अन्सारीले ४४ र समिर कार्कीले ३४ रन बनाए।

आर्मीको लागि सोमपाल कामी र विवेक यादवले २–२ तथा जितेन्द्र मुखिया, बसिर अहमद, शाहाब आलम र रोहित पौडेलले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १८६ रन बनाएको थियो । भीम सार्कीले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५३ र सन्तोष कार्कीले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए।

कोशीका सर्वन यादवले ३, कमल खत्रीले २ तथा सोनु मन्डल र प्रकाश कार्कीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved