केपी ओली कप क्रिकेटमा सुदूपश्चिमले पुलिसलाई हरायो

नेपालभ्युज

केपी ओली कप क्रिकेटमा सुदूपश्चिमले पुलिसलाई हरायो

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले पराजित गरेको हो। १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

सुदूरपश्चिमका लागि किरण थगुन्नाले अविजित ५१ रन बनाए। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। नरेन साउदले भने ३० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। पुलिसको लागि राशिद खानले ३, सागर ढकाल र सुनिल धमलाले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १५८ रन बनायो। पुलिसको लागि कुशल भूर्तेलले ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाए। सुनिल धमलाले ४० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडे। सुदूरपश्चिमको लागि विकास आग्रीले २ तथा भोज राज भट्ट र बसन्त खत्रीले १–१ विकेट लिए।

पुलिस पराजित भएपनि उच्च रनरेट भएको मधेस प्रदेश समूह सीको विजेता बन्दै सेमिफाइनल पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved