सपनामा कसैको हत्या गरेको देख्नाले दिन्छ यस्तो संकेत

नेपालभ्युज

सपनामा कसैको हत्या गरेको देख्नाले दिन्छ यस्तो संकेत

एजेन्सी । रातमा सुतेको बेला धेरै प्रकारका सपना आउँछन् । स्वप्नशास्त्रअनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । यसका राम्रा तथा नराम्रा संकेत पनि हुने स्वप्नशास्त्रले बताउँछ ।

त्यस्तै कहिलेकाँही कसैलाई हत्या गरेको सपना पनि देखिन्छ । आउनुहोस् ज्योतिष विशेषज्ञका अनुसार जानौं कसैको हत्या गरेको सपनाले के संकेत गर्दछ ।

स्वप्नशास्त्र अनुसार सपनामा कोही व्यक्तिलाई चक्कुले हत्या गरेको देख्नु अशुभ संकेत मानिन्छ । यसको अर्थ हुन्छ तपाईंलाई कुनै दुःखको खबर प्राप्त हुनेछ ।

सपनामा कोही व्यक्तिलाई विष दिएर मारिएको छ भने यो पनि खतराको घण्टी मानिन्छ । यसको अर्थ हुन्छ तपाईंलाई कसैले धोका दिँदैछ वा आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

सपनामा कसैले आत्महत्या गरेको देख्नाले पनि तपाईंलाई समस्यामा पार्न सक्छ । यसको अर्थ हुन्छ कुनै रोगले तपाईंलाई समस्या दिनेछ वा अशुभ समाचार आउन सक्छ ।

यदि तपाईंले आफ्ना बुवाआमालाई चोट लागेको वा उनीहरुको हत्या भएको सपना देख्नुहुन्छ भने यो पनि अशुभ मानिन्छ । यसले तपाईंले अपमानको सामना गर्नुपर्ने संकेत दिन्छ ।

सपनामा आफ्नो टाउकोमा चोट वा काटिएको देख्नु पनि अशुभ संकेत मानिन्छ । यो भविष्यमा आउने ठूलो समस्याको संकेत मान्न सकिन्छ ।

कैयौंपटक हामीले सपनामा भुतप्रेत आएको देख्छौं । यस्तो सपनाले भविष्यमा तपाईंलाई कुनै ठूलो झट्का लाग्नेछ भन्ने संकेत दिन्छ ।

सपनामा कोही त्यस्तो व्यक्तिलाई देख्नुहुन्छ जसको मृत्यु भइसकेको छ वा उससँग कुराकानी गर्नु हुन्छ भने यसको अर्थ हुन्छ तपाईंको कुनै इच्छा पूरा हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved