बच्चालाई जाडोमा मनतातो दुध दिनुका फाइदा

नेपालभ्युज

बच्चालाई जाडोमा मनतातो दुध दिनुका फाइदा

एजेन्सी । दुधको सेवन गर्नु बच्चा तथा बुढा सबैका लागि फाइदाजनक हुन्छ । दुध शरीरलाई आवश्यक पर्ने पोषक तत्वले भरिपूर्ण हुन्छ ।

बच्चालाई जाडोको मौसममा मनतातो दुध खुवाउँदा कस्ता फाइदा हुन्छन् भनेर जानौं ।

दुधमा भिटामिन ए, के र ई जस्ता तत्व हुन्छन् । साथमा क्याल्सियम, आयोडिन, फास्फोरस, प्रोटिन जस्ता तत्व पनि पाइन्छन् । जसले गर्दा बच्चालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

दैनिक रुपमा एक गिलास मनतातो दुध पिउँदा बच्चाहरु छिटो छिटो बिरामी पनि हुँदैनन् । यसले उनीहरुलाई चिसोबाट पनि जोगाउँछ ।

यदि तपाईंको बच्चाको तौल एकदमै कम भइरहेको छ भने पनि उसलाई दैनिक रुपमा दुध खुवाउनुहोस् । यसमा क्यालोरी पनि धेरै हुने भएकाले तौल बढाउन सहयोगी हुन्छ ।

बच्चालाई जाडोको मौसममा मनतातो दुध दिँदा उनीहरुको शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ । यसमा पाइने पोटाशियमले नसा तथा रगतका नलीलाई खुलाउने काम गर्छ ।

बच्चाको हड्डी बलियो बनाउन पनि नियमित रुपमा दुध पिउनु फाइदाजनक हुन्छ । त्यसैले जाडोको मौसममा विशेषगरी मनतातो दुध दैनिक रुपमा बच्चाहरुलाई खुवाउनुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved