काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं

नेपालभ्युज

काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं

काठमाडौं । बिहीबारको प्रदर्शन सकिए पनि काठमाडौंबासीको त्रास भने कायमै छ । शुक्रबार दुर्गा प्रसाईंले काठमाडौं बन्द गर्न लागेको वा नेपाल नै बन्द गर्न लागेको हल्ला चलेको छ ।

तर, प्रसाई आफैँले विहीबार साँझको पत्रकार सम्मेलनमा नेपाल बन्दको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै भनेका छन्, ‘काठमाडौं बन्द गर्ने हामीले भनेका छैनौं । ११ बजे भात खाने, तीनकुनेमा जाने ।’

शुक्रबार काठमाडौंमा निरन्तर कार्यक्रम गरिने प्रसाईंले बताए । तर, बन्दको कार्यक्रम नरहेको उनले बताए।

काठमाडौंबासीहरु आफैं पसल बन्द गरेर कार्यक्रम हेर्न आउन सक्ने तर आफूहरुले बन्दको कार्यक्रम नराखेको उनले बताए । नेपालमा विगतमा नेपाल बन्दका कार्यक्रमहरु हुने गरे पनि अचेल बन्द हड्ताल हुन छाडेका छन् ।

खास गरी विगतमा उज्जवल थापाको नेतृत्वमा विवेकशील पार्टीले ‘नेपाल खुल्ला छ’ भन्ने अभियान चलाएपछि नेपाल बन्द हुन छाडेको हो । कसैले नेपाल बन्दको घोषणा नै गरे पनि कामठमाडौंमा त्यसको असर पर्न छाडेको धेरै वर्ष भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved