आज काठमाडौंमा युवा संघ र दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै प्रदर्शन, ७ हजार सुरक्षाकर्मी परिचालन

एकअर्काप्रति भड्कीलो अभिव्यक्ती दिइरहेकाले सम्भावित परिस्थितीलाई ध्यानमा राखेर युवा संघलाई तीनकुने र प्रसाईँ समूहलाई बल्खुमा कार्यक्रम आयोजना स्थल तोकेको छ । काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकिएको छ ।

नेपालभ्युज

आज काठमाडौंमा युवा संघ र दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै प्रदर्शन, ७ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । राजधानीमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्दैछन् ।

प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईँ नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

 

प्रहरीले प्रसाईँको कार्यक्रममा बढीमा १० हजारसम्म सहभागी हुन सक्ने अनुमान गरेको छ ।

काठमाडौं उपत्यकाभित्रै रहेका मानिसहरू पनि सहभागी हुन सक्ने भएकाले प्रहरीले त्यो सङ्ख्या अनुमान गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरुले प्रसाईँको यस कार्यक्रमप्रति ऐक्यबद्धता जनाएकाले राजसंस्था पक्षधर र राप्रपाकै कार्यकर्ता पनि सहभागी हुन सक्ने सुरक्षा निकायको आँकलन गरेको छ । सूचना संकलनका लागि नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले आफ्ना कर्मचारीलाई सादा पोषाकमा परिचालन गरिसकेको छ ।

प्रसाईँको कार्यक्रमलाई काउन्टर दिँदै नेकपा एमालेनिकट युवा संघले पनि आजै नै कार्यक्रम राखेकाले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एकअर्काप्रति भड्कीलो अभिव्यक्ती दिइरहेकाले सम्भावित परिस्थितीलाई ध्यानमा राखेर युवा संघलाई तीनकुने र प्रसाईँ समूहलाई बल्खुमा कार्यक्रम आयोजना स्थल तोकेको छ । काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved