राष्ट्रियसभा निर्वाचनमा मतदाताको मतभार फेरियो, कसको कति ?

आयोगले सरकारसँग राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ भित्र गर्न प्रस्ताव गरेको छ ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनमा मतदाताको मतभार फेरियो, कसको कति ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको मतभार फेरिएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको हो ।

आयोगको बुधबार बसेको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरेको छ ।

यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगले जनाएको छ ।

आयोगले सरकारसँग राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ भित्र गर्न प्रस्ताव गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved