चिसोमा विरुवा जोगाउने सजिलो तरिका

नेपालभ्युज

चिसोमा विरुवा जोगाउने सजिलो तरिका

एजेन्सी । जाडो मौसममा विरुवाहरुले धेरै घाम पाउँदैनन् । जसले गर्दा विरुवा चिसोले मुर्झाउने गर्छन् । जसले गर्दा विरुवाहरुको खास रेखदेखको आवश्यकता पर्दछ । मौसम अनुसार यसको ध्यान राख्नु पर्ने हुन्छ । त्यसैले आज जाडोमा विरुवालाई जोगाउने टिप्सका बारेमा जान्ने प्रयास गरौं ।

चिसो हावाले गर्दा पातहरु ओइलिएजस्ता हुन्छन् जसले अन्य पातहरुलाई पनि बिगार्छन् । त्यसैले त्यस्ता मुर्झाएका पात तथा हाँगाहरुलाई समयमै फाल्नुहोस् ।

चिसोको मौसममा बोटविरुवामा मलको धेरै आवश्यकता हुँदैन । त्यसैले यस्तो मौसममा मलको प्रयोग गर्नबाट बच्नुपर्छ । यसको ठाउँमा माटो तथा खरानीको प्रयोग गर्नुहोस् ।

जाडोको मौसममा सबै विरुवाहरुलाई घरमा राख्न सकिँदैन । यस्तोमा घरभित्रका विरुवालाई पनि तपाईं बार्दलीमा राख्न सक्नुहुन्छ । समयसमयमा विरुवामा घाम पार्नुपर्छ ।

जाडोमा विरुवाहरुमा दैनिक पानी राख्नबाट पनि बच्नुपर्छ । तपाईं एक दिन वा विरुवाअनुसार केही दिनको अन्तरालमा विरुवामा पानी राख्नुहोस् ।

जाडोमा घामको कमीले पनि विरुवाहरु मर्न थाल्छन् । त्यसैले यिनीहरुको विशेष ख्याल गर्नुपर्ने हुन्छ । समयसमयमा विरुवालाई घाम पर्ने ठाउँमा राख्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved