पत्रकार सम्मेलनमा प्रसाईं : मर्न परे मरिन्छ तर व्यवस्था नफेरी छाडिन्न

नेपालभ्युज

पत्रकार सम्मेलनमा प्रसाईं : मर्न परे मरिन्छ तर व्यवस्था नफेरी छाडिन्न

काठमाडौं । गणतन्त्रविरोधी गतिविधि गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले मर्न परे मर्ने तर अहिलेको व्यवस्था परिवर्तन नगरी नछाड्ने बताएका छन् ।

बिहीबार आयोजना गरिएको आन्दोलनका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले अहिलेको व्यवस्था नफेरिएसम्म जनताको मुक्ति नहुने भन्दै आम नेपालीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् ।

प्रसाईंले आफू एक्लो व्यक्तिसँग १२ बुँदे सम्झौता गरेका ठूला भनिएका दलहरु आत्तिएकोसमेत बताए । दलहरुले राजा हटाए पनि नयाँ जग बसाउन नसकेका कारण देशको अवस्था झन्पछि झन् जर्जर भएको पनि बताए ।

आफूहरुको आन्दोलन दबाउन राजनीतिक दल र सरकारले करोडौं रुपैयाँ खर्च गरेको उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved