टिकटक प्रतिबन्ध पूर्ण कार्यान्वयन भएन, डीएनएस र भीपीएन प्रयोग गरी चलाउने बढेपछि इन्टरनेट स्लो

भीपिएन प्रयोगकर्ताले भीपीएन र परिवर्तित डीएनएसबाटै टिकटक चलाइरहेका छन् । यसरी इन्टरनेट सेवा प्रदायक संघले २० प्रतिशतले डेटा बढेको जानकारी दिएको छ । ‘अन्तर्राष्ट्रिय रूपमै भित्र्याउने ब्यान्डविथको खपत २० प्रतिशतले बढेको छ,’ संघका अध्यक्ष सुधीर पराजुलीले भने, ‘भीपीएनको प्रयोग बढ्दा डेटा खपत बढेको छ ।’

नेपालभ्युज

टिकटक प्रतिबन्ध पूर्ण कार्यान्वयन भएन, डीएनएस र भीपीएन प्रयोग गरी चलाउने बढेपछि इन्टरनेट स्लो

काठमाडौं । नेपालमा भीपीएनको प्रयोग बढेपछि २० प्रतिशत डेटा खपत बढेको छ । इन्टरनेट खपत बढेपछि सेवा प्रदायक कम्पनीलाई तनाव बढेको छ ।

सरकारले टिकटक बन्द गरेका कारण प्रयोगकर्ताले भीपीएन प्रयोग गर्दा डेटा खपत बढेको हो ।

सरकारले टिकटक बन्द गरेपछि कतिपयले डीएनएस प्रयोग प्रयोग गरेका छन् । कतिपयले भने भीपीएन प्रयोग गरिरहेका छन् ।

भीपीएन प्रयोग गर्दा प्रतिबन्धित वेबसाइट सामान्य अवस्थामा जस्तो द्रुत भने चल्दैनन् । प्रयोगकर्ता थप एउटा सर्भरको प्रयोग गरी टिकटकलगायतका साइटमा पुग्ने भएकाले डेटा खपतसँगै साइट ढिलो चल्ने समस्या हुन्छ ।

भीपिएन प्रयोगकर्ताले भीपीएन र परिवर्तित डीएनएसबाटै टिकटक चलाइरहेका छन् । यसरी इन्टरनेट सेवा प्रदायक संघले २० प्रतिशतले डेटा बढेको जानकारी दिएको छ ।

‘अन्तर्राष्ट्रिय रूपमै भित्र्याउने ब्यान्डविथको खपत २० प्रतिशतले बढेको छ,’ संघका अध्यक्ष सुधीर पराजुलीले भने, ‘भीपीएनको प्रयोग बढ्दा डेटा खपत बढेको छ ।’

सरकारले निःशुल्क चलाउन पाइने भीपीएन र डीएनएसलाई समेत कडाइ गर्ने तयारी गरेको छ । प्राविधिक रूपमा कठिन भए पनि सार्वजनिक रूपमा बढी चलेका भीपीएन बन्द गर्ने विषयमा इन्टरनेट सेवा प्रदायकसँग दूरसञ्चार प्राधिकरणले छलफल थालेको छ ।

नेपालमा सबैभन्दा बढी ग्राहक रहेको वर्ल्डलिंक कम्युनिकेसनको छ। वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले भने, ‘प्राधिकरणले पूर्णरूपमै टिकटक बन्द गर्न निर्देशन दिएको छ। हामीले जति सक्छौँ, गरिरहेका छौँ। भीपीएन धेरै छन्। कतिलाई ब्लक गर्न सक्छौँ, त्यति गछौँ , सबैलाई बन्द गर्न प्राविधिक कठिनाइ छ।’

कतिपय सेवा प्रदायकले भने डीएनएस बन्द गर्दा इन्टरनेट नै बन्द हुन सक्ने खतरा रहेको बताएका हुन् । नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने सबैले आफ्नै डीएनएस राखेका छैनन् ।

सार्वजनिक रूपमा चर्चित डीएनएस सर्भर प्रयोग गरी इन्टरनेट उपलब्ध गराएका छन् । क्लाउड फ्लेयर र गुगलको डीएनएस सर्भरबाटै इन्टरनेट सेवा उपलब्ध गराएका छन् । प्राधिकरणले यी सर्भर नै बन्द गराउँदा इन्टरनेट प्रदायक कम्पनी अप्ठेरोमा पर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved