शान्ति प्रक्रिया सरकारको मुख्य प्राथमिकतामा : मन्त्री बस्नेत

नेपालभ्युज

शान्ति प्रक्रिया सरकारको मुख्य प्राथमिकतामा : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति प्रक्रिया टुंग्याउने विषयलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्ष : अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको पहिलो प्राथमिकता र प्रतिबद्धता शान्ति प्रक्रियाको बाँकि कामलाई निष्कर्षमा पु¥याउनु रहेको बताएका हुन् ।

मन्त्री बस्नेतले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकि काम टुंग्याउन अझै धेरै समय लाग्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुंग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने बताए ।

‘अहिले शान्ति प्रक्रियालाई टुंग्याउने विषय सरकारको प्राथमिकताको विषय हो’, उनले भने ।

मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्णरुपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकि कामलाई पूर्णता दिने कामलाई तीव्रता दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved