दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा उजुरी

नेपालभ्युज

दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा उजुरी

जनकपुरधाम । एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जनकपुरधाममा आयोजित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ गान बजाएको भन्दै उनीमाथि जाहेरी परेको हो ।

गएको कात्तिक २८ गते ‘हिन्दू सम्राट सेना धनुषा’ले आयोजना गरेका कार्यक्रममा प्रसाईंले पुरानो गान बजाउन लगाएका थिए । राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ नेपालका धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् ।

उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved