मनकामना केबलकारको बढ्दो आकर्षण : धर्मकर्मदेखि मनोरञ्जन गर्नेसम्मको रोजाइ 

मनकामना केबलकार २६ औँ वर्षमा

पछिल्लो समय नेपालको केही धार्मिक र ऐतिहासिक स्थानमा जानको लागि तथा पर्यटन गन्तव्यको रूपमा चर्चित छ केबलकार । तर, केही वर्षअघि झन्डै दुई दशक नेपालमा एक मात्र केबलकार थियो, मनकामना केबलकार ।

नेपालभ्युज

मनकामना केबलकारको बढ्दो आकर्षण : धर्मकर्मदेखि मनोरञ्जन गर्नेसम्मको रोजाइ 

काठमाडौं । केबलकार भन्नासाथ धेरैको दिमागमा आइहाल्छ, मनकामना केबलकार । चन्द्रागिरि, कालिन्चोक र सारंङकोटको केबलकार भए पनि नेपालको पुरानो भएकाले झट्ट मानिसको दिमागमा मनकामना केबलकार आइहाल्छ छ।

पछिल्लो समय नेपालको केही धार्मिक र ऐतिहासिक स्थानमा जानको लागि तथा पर्यटन गन्तव्यको रूपमा चर्चित छ केबलकार । तर, केही वर्षअघि झन्डै दुई दशक नेपालमा एक मात्र केबलकार थियो, मनकामना केबलकार ।

अहिले भने नेपालको धेरै धार्मिक तथा पर्यटकीय डाँडाहरूमा केबलकार सञ्चालनका लागि अनुमति लिएका छन् ।

मनकामना दर्शन प्रा. लि. द्वारा सञ्चालित नेपालकै पहिलो केबलकार २६ औँ वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि २५ वर्ष पुरा गरी २६ औँ वर्षमा प्रवेश गर्दैछ ।

मंसिर ८, २०५५ सालबाट नियमित सञ्चालनमा आएको केबलकारले हालसम्म करिब २ करोड यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ ।
सञ्चालन पश्चात् मनकामना क्षेत्र र त्यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेसन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरू जाने गर्छन् ।

फाइल तश्वीर

मनकामना दर्शनका लागि जानेहरूको प्रायः सधैँ केबलकारको स्टेशनमा भीड नै लाग्छ । दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार र डिजिटलाइज गरिएको छ ।

अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा चार हजार दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ।

केबुलकारको नियमित सञ्चालन पश्चात् मनकामना क्षेत्र र त्यस आसपासका क्षेत्रहरू एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । धर्मकर्मदेखि मनोरञ्जन गर्नेसम्मको रोजाई बनेको छ, मनकामना केबलकार ।

त्यस क्षेत्रको व्यापार व्यवसायहरूमा उल्लेख्य वृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको सहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १ दशमलव १ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिँदै आएको छ ।
कम्पनीले भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ ।

अघिल्लो २५ औँ वार्षिक उत्सवको अवसरमा केबलकार पूर्ण रूपले डिजिटल प्रणालीमा रूपान्तरण भई देशकै पहिलो डिजिटल केबलकार प्रणाली भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved