महिलाका लागि ‘साइलेन्ट किलर’ हुन् यी पाँच रोग

नेपालभ्युज

महिलाका लागि ‘साइलेन्ट किलर’ हुन् यी पाँच रोग

एजेन्सी । खराब जीवनशैलीका कारण महिलाहरुमा ‘साइलेन्ट किलर’ रोगहरुको खतरा कैयौं गुणा बढेर गइरहेको छ । यस्ता रोगको लक्षण शुरुवाती चरणमा थाहै हुँदैन तर पछि गएर यीनले ज्यानै लिन पनि सक्छन् । आज हामी त्यस्तै केही रोगका लक्षणबारे कुरा गर्नेछौं ।

विशेषज्ञ डाक्टरका अनुसार यस्ता रोगहरुका लक्षण शुरुवाती चरणमा देखिँदैनन् । तर अगाडि गएर यस्ता रोग तथा विमारीहरु एकदमै गम्भीर हुने गर्छन् ।

क्यान्सर
क्यान्सरले शरीरका फरक फरक अंगलाई आफ्नो शिकार बनाउँछ । यस्तोमा समयअघि नै यसबारेमा थाहा भयो भने उपचार सम्भव हुन्छ । क्यान्सर हुँदा धेरै कमजोर तथा धेरै भोक लाग्ने जस्ता लक्षण देखिन्छन् ।

एनीमिया

महिलाहरुमा रगतको कमीले गर्दा एनीमिया हुने गर्छ । एनीमिया हुँदा शरीरमा रक्तकोषिकाहरुको कमी हुन थाल्छ । यसबाहेक शरीरमा कमजोरी तथा स्वास लिन पनि समस्या हुने जस्ता लक्षण देखिन्छन् ।

मधुमेह

बदलिँदो जीवनशैली र खराब खानपानले गर्दा महिलाहरुमा मधुमेहको समस्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ । समयमै यसको उपचार तथा ख्याल गरिएन भने यसले ज्यान लिन पनि सक्छ । मधुमेह भएको अवस्थामा लगातार पिसाब लाग्नु वा कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

रक्तचाप
उच्च रक्तचाप मुटुसँग जोडिएको विमारीको सबैभन्दा ठूलो कारण बन्छ । हृदय घातलाई ‘साइलेन्ट किलर’ को नामले पनि चिनिन्छ । कमजोरी, बेहोस हुनु तथा रिंगाटा लाग्नु यसका मुख्य लक्षणभित्र पर्छन् ।

अस्टियोपोरोसिस
यो पनि महिलाहरुमा देखिने गम्भीर विमारी भित्र पर्छ । यसमा शरीरका हड्डीहरु कमजोर हुन थाल्छन् । अस्टियोपोरोसिस हुँदा हड्डी दुख्ने, कमजोर हुने जस्ता लक्षणहरु देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved