न्यायाधीश चुडालले हेर्न नभ्याउने भएपछि टिकटक प्रतिबन्धविरद्ध रिटको सुनुवाइ सर्‍यो

नेपालभ्युज

न्यायाधीश चुडालले हेर्न नभ्याउने भएपछि टिकटक प्रतिबन्धविरद्ध रिटको सुनुवाइ सर्‍यो

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सोमबार हुने भनिएको सुनुवाइ सरेको छ ।

न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको सुनुवाइ स्थगित भएको हो । न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेपछि सुनुवाइ सरेको हो ।

२७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved