विपिन जोशीको परिवारलाई परराष्ट्रमन्त्रीको फोन- ‘उनी सकुशल फेला परेका छन्, उद्धारको तयारी छ’

विपिनको बहिनी पुष्पाले भनिन्, ‘‘परराष्ट्रमन्त्रीज्यूको फोन आएको थियो । दादा सकुशल हुनुहुन्छ भन्ने खबर आएको बताउनुभयो । सुरक्षित हुनुहुन्छ रे । त्यहाँबाट बाहिर निकाल्ने प्रयास छ रे ।’’

नेपालभ्युज

विपिन जोशीको परिवारलाई परराष्ट्रमन्त्रीको फोन- ‘उनी सकुशल फेला परेका छन्, उद्धारको तयारी छ’

काठमाडौं । इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशीको परिवारलाई परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेर भेटिएको बताएका छन् । हिजो साँझ फोन गर्दै मन्त्री साउदले विपिन प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको जानकारी गराएका हुन् ।

जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको उनले फोनमा बताए ।

इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि विपिन बेपत्ता भएका थिए ।

विपिनको बहिनी पुष्पाले भनिन्, ‘‘परराष्ट्रमन्त्रीज्यूको फोन आएको थियो । दादा सकुशल हुनुहुन्छ भन्ने खबर आएको बताउनुभयो । सुरक्षित हुनुहुन्छ रे । त्यहाँबाट बाहिर निकाल्ने प्रयास छ रे ।’’

विपिन जोशी गाजाको अस्पतालमा फेला परे, उद्धारको तयारी छ – परराष्ट्र मन्त्रालय

इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका विपिनलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए ।

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए ।

१० जना नेपाली विद्यार्थीको निधन भएको थियो । मृतकहरूको शव स्वदेश ल्याएर अन्तिम संस्कार सम्पन्न भइसकेको छ । विपिनका अरू साथीहरूको सकुशल उद्धार गरी स्वदेश ल्याइएको छ ।

ओइलायो पुष्पाले गाँसेको माला, आएनन् दाजु विपिन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved