आरती साह हत्या प्रकरण : धनुषाका एसपी विश्वराज खड्का हेडक्वाटर तानिए

आरती साह हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिले एसपी खड्कालाई हेडक्वाटर तान्न सुझाएको थियो ।

नेपालभ्युज

आरती साह हत्या प्रकरण : धनुषाका एसपी विश्वराज खड्का हेडक्वाटर तानिए

काठमाडौं।  आरती साह हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन् ।

आरती साह हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिले एसपी खड्कालाई हेडक्वाटर तान्न सुझाएको थियो ।

खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले बताए ।

उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंबाट धनुषा सरुवा भई गएका थिए ।

आरती साहको हत्यापछि प्रहरीले सुरुमा जाहेरी दिन मानेको थिएन । पीडित परिवारमाथि नै प्रहरीको कुटपिट र मोबाइल जफत गरेको थियो ।

आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि विभिन्न घाउ थिए । आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो ।

त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे ।

सुरुमा धनुषा प्रहरीले आरतीको माइतीपक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन । घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved