जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव

नेपालभ्युज

जाजरकोट । गएराति गएको ६.४ म्याग्निच्यूटको भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । यहाँ औषधि र स्वास्थ्यकर्मीको अभाव भएपछि सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी गरिएको छ ।

जाजरकोटमा मानवीय तथा भौतिक क्षति बढी भएको छ । उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

भूकम्पमा परी यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा सात जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved