रिगललाई ११ वर्ष ११ महिना कैद भुक्तान गर्न आदेश, यस्तो छ फैसलाको पूर्णपाठ

नेपालभ्युज

रिगललाई ११ वर्ष ११ महिना कैद भुक्तान गर्न आदेश, यस्तो छ फैसलाको पूर्णपाठ

काठमाडौं। सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेपछि ११ वर्ष, ११ महिना कैद भुक्तान गर्नुपर्ने देखिएको छ ।

सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको हो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन सरकारका नाममा परमादेश पनि जारी गरेको छ ।

सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।

यस्तो छ फैसलाको पूर्णपाठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved