प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ परेका ५ जना सार्वजनिक

प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ परेका ५ जना सार्वजनिक

जनकपुरधाम । बाराको कलैया स्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरेर कलैया उपमहानगरपालिका ६ बस्ने सर्राफको हत्या आरोपमा पक्राउ गरि सार्वजनिक गरिएकाहरुमा २२ वर्षीया राधा गुप्ता सहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुत रहेका छन् ।

भारतीय नागरिक चन्दन र अभिनवलाई प्रहरीले सुटर समूहको सदस्य भनेको छ भने राधा गुप्तालाई मुख्य योजनाकार । विवाहेत्तर प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको निष्कर्ष सहित प्रहरीले ५ जनालाई सार्वजनिक गरेको पत्रकार सम्मेलनमा बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

हालसम्म १० जनालाई नियन्त्रणमा लिए पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेकालाई मात्र सार्वजनिक गरिएको एसपी काफ्लेले बताए। सार्वजनिक भएका मनोज गुप्ताको प्रेमी रहेकी राधा गुप्तासँग अनैतिक सम्बन्ध राख्दा सरार्फको हत्या मनोज कै संलग्नतामा गरिएको एसपी काफ्लेले बताए।

पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र अहिले सरार्फसँग पनि अनैतिक सम्बन्ध राखेकी काफ्लेले बताए।बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरे पछि राधा सरार्फसँग नजिक हुन पुगेकी काफ्लेले बताए।

सरार्फसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाए पछि मनोज गुप्ताले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटक पटक झगडा समेत भएको थियो। दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा सर्राफ र गुप्ता बिच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।

अन्तमा राधा गुप्ताको परिवार र प्रेमी मनोज गुप्ताले बाल एकता बोर्डिङबाट सात महिना अघि नै राधालाई काम छोड्न लगाएको काफ्लेले बताए। स्कुलबाट काम छोडे पनि राधा र रुपेश बिचको अनैतिक सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर सर्राफको हत्या गराउन पुगेको काफ्लेले बताए।

घटना हुनुभन्दा दुई महिना पहिला पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेपछि मनोजले रुपेशलाई त्यही मार्ने प्रयास गरेको काफ्लेले बताए। हत्या हुनुबाट बचेर आए पछि पनि रुपेशले  प्रहरीलाई कुनै पनि जानकारी नगराएको र राधासँगको अनैतिक सम्बन्ध पनि नछोडेको काफ्लेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved