गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री

काठमाडौं फर्केपछि संसदमा गुटेरेसको सम्बोधन

नेपालभ्युज

गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री

काठमाडौं । नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् ।

गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट लुम्बिनी आउनभन्दा अघि नै स्वागतका लागि प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगेका हुन् ।

अन्नपूर्ण बेसक्याम्पबाट गुटेरेस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने र त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्। यसअघि लुम्बिनी आएका ५ जना महासचिवसँग प्रधानमन्त्री आएका थिएनन्।

लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कने कार्यक्रम छ । काठमाडौं आएपछि उनले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved