मौसम : केही दिन पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनसक्ने

नेपालभ्युज

मौसम : केही दिन पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहान कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिक बदली रहने छ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved