गुण्डुका किसानलाई मखमली टिप्ने चटारो (तस्वीरहरू)

काठमाडौं उपत्यकाका लागि मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानलाई हिजोआज मखमली फूल टिप्न भ्याइनभ्याइ हुन थालेको छ।

गुण्डुका किसानलाई मखमली टिप्ने चटारो (तस्वीरहरू)

भक्तपुर । काठमाडौं उपत्यकाका लागि मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानलाई हिजोआज मखमली फूल टिप्न भ्याइनभ्याइ हुन थालेको छ।

यसपालि अधिकमासका कारण तिहार लगायतका चाडपर्व सामान्य समयभन्दा १५–२० दिन पछि सरेको तर मखमली फूल भने पहिले नै फूलीसकेकाले तिहार आउनु अघिनै किसानहरुले फूल टिपेर माला गाँस्न थालेका हुन्।

आजकाल गुण्डु क्षेत्रमा हरेक दिन बिहान फूल टिपेर दिउँसो माला उन्नमै किसानहरू व्यस्त रहन्छन् ।

कहिले नओइलाउने मखमलीको मालालाई दीर्घायुको प्रतीकका रूपमा तिहारको भाइटीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु–भाइलाई लगाइदिने गर्दछन् ।

गुण्डु क्षेत्रका किसानहरुले यो वर्ष आकार र प्रकारको आधारमा मखमलीको माला प्रतिगोटा ३० देखि ५० रुपैयाँसम्ममा बिक्री गर्दै आइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved