पुराना दलमाथि उठेका प्रश्नको जवाफ दिइनेछ : ओली

नेपालभ्युज

पुराना दलमाथि उठेका प्रश्नको जवाफ दिइनेछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला र पुरना दलहरूमाथि उठेका प्रश्नको जवाफ दिइने बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पुराना दलमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै छिट्टै यथोचित जवाफ दिने बताएका हुन् ।

‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ’, उनले भने ।

कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना र ठूला दलहरु एकठाउँ हुनेगरी तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved