कांग्रेसको चियापानमा प्रचण्डले भने- पुराना दल एक हुने तयारी भइरहेको छ, नयाँहरू हौसिनु पर्दैन

पुराना दलमाथि प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको भन्दै उनले पुराना दल एक हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपालभ्युज

कांग्रेसको चियापानमा प्रचण्डले भने- पुराना दल एक हुने तयारी भइरहेको छ, नयाँहरू हौसिनु पर्दैन

काठमाडौं । नेपाली कांग्रेसको चियापानमा सहभागी भएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना र ठूला दलहरु एकठाउँ हुनेगरी तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका हुन् ।

पुराना दलमाथि प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको भन्दै उनले पुराना दल एक हुनुपर्नेमा जोड दिएका हुन् ।

‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कारदेख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ’, उनले भने, ‘त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’

उनले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेदेखि नै दलहरूबीच सहमति र समझदारीको प्रयास गर्दै आएको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved