तिहारअघि नै काठमाडौं झिलिमिली

नेपालभ्युज

तिहारअघि नै काठमाडौं झिलिमिली

काठमाडौं। नेपालीहरूको सबैभन्दा ठूलो पर्व बडादशैँ आजदेखि सकिएको छ । र, दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ ।

तिहारमा दीयो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ ।

तर, काठमाडौं उपत्यकाका बजार, गल्ली आजकाल नै झिलिमिली देखिन्छन्। तिहार आउनु दुई हप्ता अघिदेखि नै काठमाडौंका घरहरूमा झिलिमिली बत्ती बालिएको छ । यो क्रम छठ पर्वसम्म नै हुन्छ ।

हिजोआज परम्परागत दीयोको ठाउँ आधुनिक झिलिमिली बत्तीले पाएको छ । जसले यतिबेला काठमाडौँ उपत्यकाका बजारहरू झिलिमिली पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved