एनसेलले दियो ३५ सयभन्दा बढी ग्राहकलाई सय रुपैयाँ बोनस ब्यालेन्स

नेपालभ्युज

एनसेलले दियो ३५ सयभन्दा बढी ग्राहकलाई सय रुपैयाँ बोनस ब्यालेन्स

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३५ सयभन्दा बढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रुपैयाँका दरले बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो ।

भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए ।

विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।् । साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।

एनसेलले चाँडै नै सातजना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् ।

४५ हजारभन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहद रुपमा सफल बनाउन योगदान पुर्याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved