रवि लामिछाने भन्छन्- भ्रष्टाचारमा आफ्ना मान्छेको अनुहार देखेपछि सरकारको फाइल बन्द भयो

नेपालभ्युज

रवि लामिछाने भन्छन्- भ्रष्टाचारमा आफ्ना मान्छेको अनुहार देखेपछि सरकारको फाइल बन्द भयो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारको सातो गएको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौं–२ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले दोस्रोमा नगई फाइल बन्द गरेको आरोप लगाए ।

भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारले आफ्ना मान्छेको अनुहार देखेपछि बन्द गरेको रविको आरोप थियो।

उनले भने, ‘‘सरकारले भ्रष्टाचारको फाइल सुरुवात गर्दा हामीले दिल खोलेर स्वागत गरेका थियौँ । जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन पाएको छैन सरकारको सातो गयो । त्यहाँ त आफ्नै मान्छेको अनुहार झल्झल्ती आयो । आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभई बन्द गरेर जस्ताको तस्तै बनेको छ ।’’

सभापति लामिछानेले उनले २०८४ सालपछि रास्वपाले भ्रष्टाचारका फाइलको धुलो टकटकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैँका लागि बन्द गर्ने दाबी गरे।
रविले विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न चुनौती दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved