एजेन्सी । आजको समयमा हरेक उमेरका व्यक्ति डिप्रेशनको शिकार भइरहेका छन् । डिप्रेशन एउटा मानसिक समस्या हो जसमा व्यक्तिले आफूलाई एकदमै एक्लो महसुस गर्न थाल्छ । तर केही टिप्सको सहयोगले तपाईं डिप्रेशनबाट बाहिर आउन सक्नुहुनेछ ।
विशेषज्ञरका अनुसार डिप्रेशनमा परेका व्यक्तिले आफूलाई अरुभन्दा फरक देख्न थाल्छन् । तर, साथी तथा परिवारसँग कुराकानी र केही उपाय अपनाएर यस्तो समस्याबाट बच्न सकिन्छ ।
आउनुहोस् जानौं विस्तारमा –
डिप्रेशनबाट बच्न ७ देखि ८ घण्टाको पूरा निद्रा लिनुहोस् । राम्रो निद्राले पनि डिप्रेशनलाई कम गर्छ ।
डिप्रेशन हुँदा मनमा धेरै नकारात्मक विचार आउँछन् । योसँग लड्न तपाईंले मेडिटेशनको सहयोग लिन सक्नुहुन्छ । दैनिक बिहान आधा घण्टा ध्यान गर्दा शरीरमा सकारात्मक ऊर्जा सञ्चार हुन्छ ।
डिप्रेशनबाट बाहिर निस्कन क्याफिनको सेवनबाट बच्नुपर्छ । क्याफिनले निद्रा आउन समस्या हुनुका साथै मनमा बेचैनी बढाउँछ । अत्यधिक क्याफिनले शरीरलाई पनि बेफाइदा गर्छ ।
आफूलाई खुशी राख्न साथीहरुको सर्कल बढाउनुहोस् । यसका लागि साथी तथा आफन्तसँग कुराकानी गर्न सक्नुहुन्छ । धेरै मानिससँग कुराकानी गर्ने र घुलमिल हुने गर्दा तपाईंले भावनात्मक रुपमा सहयोग प्राप्त गर्नुहुनेछ ।
जीवनमा सानो-सानो लक्ष्य बनाउँदा तपाईंलाई डिप्रेशनबाट बाहिर आउन सहयोग हुन्छ । यी लक्ष्य पूरा गर्न तपाईं व्यस्त हुनुहुनेछ र पूरा हुँदा खुशी हुनुहुनेछ । जसले गर्दा सकारात्मक विचारले मन प्रफुल्ल हुन्छ ।
डिप्रेशनबाट बाहिर आउन दैनिक एक घण्टा संगीत सुन्नुहोस् । यसले तपाईंको मन शान्त हुनेछ । भावुक तथा दुःखी खालका भन्दा मुडलाई खुशी बनाउने खालका गीत सुन्नुहोस् ।
Facebook Comment
Comment