महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता

नेपालभ्युज

महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिबीच भेटवार्ता भएको छ । महासंघ सचिवालयमा सोमबार भएको उक्त भेटवार्तामा आर्थिक सुधारका लागि सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

भेटवार्तामा  महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग वा संयन्त्र निर्माण गरि सहकार्य गर्ने अवधारणा आफूले अगाडि सारेको जानकारी गराए । सुधारका लागि निजी क्षेत्र सहित सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक भएकोले आयोग आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड दिए ।

यसैगरि अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासंघ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले बताए  । कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुँदा सुधारका लागि सहकार्य गरिने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भईरहेकोले सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको बताए । महासंघ
उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रसंसा गरे । सेजन महासचिव विश्वा रेग्मीले सकारात्मक सन्देश
पनि प्रवाह गर्नु आवश्यक रहेको बताए।

आर्थिक पत्रकारहरुको छाता संस्था सेजनको नयाँ कार्यसमिति २०८० भदौमा चयन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved