अरब लिग प्रमुखद्वारा गाजाको सैन्य कारबाही अन्त्य गर्न आग्रह

नेपालभ्युज

अरब लिग प्रमुखद्वारा गाजाको सैन्य कारबाही अन्त्य गर्न आग्रह

बगदाद । अरब लिग प्रमुखले गाजा पट्टीमा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टिनीलाई आफ्नो मानवताबाट बञ्चित गरिरहेको आरोप लगाएका  छन् ।

बग्दादमा अरब न्याय मन्त्रीहरूको बैठकमा महासचिव अहमद अबुल घेइतले भने, “हामी सैन्य अभियान तत्काल अन्त्य गर्न र सुरक्षित मार्ग खोल्न माग गर्दछौं ।’

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकूहरूले गाजाको कडा किल्लाबन्द सीमामा एक हजार ४०० भन्दा बढी मानिसहरूलाई गोली हान्ने र छुरा प्रहार गर्ने र जीउँदै आगो लगाई मृत्युको मुखमा धकेल्नेजस्ता कार्य गरेका थिए ।

आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमणबाट गुज्रिरहेको इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी अभियान चलायो, जसले छिमेकलाई ध्वस्त पारेको छ र कम्तीमा दुई हजार ७५० व्यक्तिको ज्यान लिएको छ ।

अबुल घेइतले इजरायलले गाजामा गरेको पूर्ण घेराबन्दीले पानी, खाद्यान्न, बिजुली र इन्धन कटौतीजस्ता प्यालेस्टिनीहरूलाई मानवीय सहयोगबाट बञ्चित गरेको बताए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved