राजनीतिक दलको लक्ष्य चुनावदेखि चुनावसम्म मात्रै हुनुहुँदैन : रवि लामिछाने

नेपालभ्युज

राजनीतिक दलको लक्ष्य चुनावदेखि चुनावसम्म मात्रै हुनुहुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन् । सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए ।

राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताउँदै उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए । उनले परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय आफूहरूको नरहेको पनि बताए ।

उनले भने, ‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कयौँ अनुमानको घेरामा राखिएको छ । यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिले काही कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुनसक्छन्, तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न शाहस न योजना छ । परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।’

रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताउँदै सभापति लामिछानेले  पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताए ।

देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved