रातमा खानाको यस्ता बानीले सजिलै बढ्छ तौल

नेपालभ्युज

रातमा खानाको यस्ता बानीले सजिलै बढ्छ तौल

एजेन्सी । रातमा निद्रा बाहेक तपाईंको खानपानले पनि तौल बढाउनका लागि जिम्मेवार हुन्छ । आउनुहोस् जानौं डिनर यानिकी साँझको खानासँग जोडिएका केही बानी व्यवहार जसले तौल बढ्ने गर्छ ।

कतिपय मानिस रातको खाना १०–११ बजेपछि खाने गर्छन्, जो तौल बढाउनका लागि एकदमै जिम्मेवार हुन्छ । रातको खाना सधैं ७ देखि ८ बजेभित्र नै खाइसक्नुपर्छ ।
रातको खाना जहिले पनि हल्का गर्नुपर्छ ।

गह्रौं भोजनले पाचन प्रक्रियालाई बेफाइदा गर्नुका साथै तपाईंको मेटाबोलिज्मलाई पनि ढिला गराइदिन्छ जसले गर्दा तौल बढ्छ ।

कतिपयले खाना खाएको तुरुन्तै पछि सुत्न गइहाल्छन् । जसले गर्दा उनीहरुको तौल बढ्नुका साथै पाचन प्रक्रिया पनि खराब हुन्छ । सधैं सुत्नुभन्दा कम्तीमा दुई घण्टा अघि खाना खानु पर्दछ ।

धेरै व्यक्ति रातमा जाग्ने गर्छन् र दिनमा सुत्छन् । जसले गर्दा ढिला सुत्ने बानी पर्छ र यसले पनि तौल बढ्ने गर्छ ।

कतिपय व्यक्ति भने व्यस्त हुने भएकाले निद्रा पूरा गर्न पाउँदैनन् । ढिला रातीसँग जाग्ने र बिहान ढिलासम्म सुत्ने गर्दा तौल बढ्ने गर्छ ।

कैयौंको जीवनशैलीमा मध्यपान तथा धुम्रपान हुने गर्छ । यदी तपाईं सुत्नुअघि मध्यपान गर्नुहुन्छ भने पनि तपाईं तौल तीव्र गतिमा बढ्ने गर्छ ।

यसबाहेक पानी कम पिउनु, सुत्नुअघि जंक फूड खाने, पोषण तत्व भएको खाना नखानु आदि कारण पनि तौल बढ्ने समस्या हुन्छ । त्यसैले समयमा यसलाई ध्यान दिइयो भने तौल बढ्दैन । तौल बढिसकेपछि घटाउनु भन्दा पहिले नै बढ्न नदिनु बुद्धिमानी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved