काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका तीनवटै ठेक्का रद्द भएका छन् ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
एमसीएले लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जनाएको छ ।
अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।
एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ ।
तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने छ ।
Facebook Comment
Comment