रवि लामिछाने भन्छन्- रास्वपा बाहेकका दलमा अझै ‘राणा शासन’ छ

नेपालभ्युज

रवि लामिछाने भन्छन्- रास्वपा बाहेकका दलमा अझै ‘राणा शासन’ छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि ‘राणा शासन’ कायम रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा अझै राणा शासन कायम रहेको बताएका हुन् ।

उनले अरु दलहरुमा राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि ती दलमा चिठ्ठा पर्नेगरेको लामिछानेको टिप्पणी छ ।

सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैरआवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताए ।

विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved