रवि लामिछाने भन्छन्- क्याबिनेटका निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ

‘भ्रष्टाचार नीतिगत वा अनीतिगत भन्ने हुँदैन’

नेपालभ्युज

रवि लामिछाने भन्छन्- क्याबिनेटका निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए । भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने उनको भनाइ छ ।

‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ’, उनले भने, ‘भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्नु हुँदैन ।’

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यतिलगायतका प्रकरणहरुको अनुसन्धान कहाँ पुग्यो ? भन्दै प्रश्न पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved