इजरायलबाट तत्काल २८८ जना मात्रै स्वदेश फर्कन चाहेका छन् : परराष्ट्र मन्त्रालय

‘अगाडि नै केयर गिभरमा गएकाहरू त्यहीँका परिवारसँग सुरक्षित छन्। नयाँ गएकालाई अलिअसहज छ। तीमध्ये वाइडबडीको क्षमताले भ्याउने गरी पहिलो चरणमा दुई सय ८८ लाई ल्याइने छ।’’

नेपालभ्युज

इजरायलबाट तत्काल २८८ जना मात्रै स्वदेश फर्कन चाहेका छन् : परराष्ट्र मन्त्रालय

काठमाडौं। इजरायलबाट तत्काल दुई सय ८८ जना स्वदेश फर्कन चाहेका सरकारले बताएको छ। तीन सय बढीले स्वदेश फर्कन चाहेर फर्म भरेकोमा पहिला दुई सय ८८ जना स्वदेश आउन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलन गर्दै भनिन्, ‘‘अगाडि नै केयर गिभरमा गएकाहरू त्यहीका परिवारसँग सुरक्षित छन्। नयाँ गएकालाई अली असहज छ। तीमध्ये वाइडबढीको क्षमताले भ्याउने गरी पहिलो चरणमा २ सय ८८ लाई ल्याइने छ।’’ तत्काल आउन चाहने अरुलाई फर्म भराएर ल्याउने बताइएको छ।

इजरायलको भूमिमा र इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको भीषण युद्ध बुधबार पाचौँ दिन पनि जारी छ। रोजगारी र सीप सिक्न गएका कैयौँ नेपालीसमेत युद्धको चपेटामा छन्।

रोजगारी र सीप सिक्न गएका कैयौं नेपालीसमेत युद्धको चपेटामा छन्। १० जनाको मृत्यु भएको छ। भने एकजना नेपाली हराइरहेका छन्। ६ जना घाइते भएका छन् । २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ‘ए ३३०’ जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved