इजरायलमा जोखिममा रहेका विद्यार्थीसँग प्रधानमन्त्री ‘प्रचण्ड’को भिडिओ संवाद, तत्काल उद्धार गर्ने प्रतिबद्धता

धेरै जोखिममा रहेको उनीहरूको समूहका टिम लिडर विपिन सुवेदीसङ्ग भिडिओ मेसेन्जरबाट कुरा गर्दै उद्धारको तयारी भएको जानकारी गराएका हुन्।

नेपालभ्युज

इजरायलमा जोखिममा रहेका विद्यार्थीसँग प्रधानमन्त्री ‘प्रचण्ड’को भिडिओ संवाद, तत्काल उद्धार गर्ने प्रतिबद्धता

काठमाडौं। इजरायलमा जोखिममा रहेका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान संकाय विद्यार्थीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्।

धेरै जोखिममा रहेको उनीहरूको समूहका टिम लिडर विपिन सुवेदीसङ्ग भिडिओ मेसेन्जरबाट कुरा गर्दै उद्धारको तयारी भएको जानकारी गराएका हुन्।

‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इजरायल गएका छन्। जो अहिले बङ्करमा छन्।

आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका केही विद्यार्थीहरूको मृत्यू भएको छ। एक जना हराइरहेका छन्। बाँकी जोखिममा छन्। केही विद्यार्थी घाइते अवस्थामा उपचार भइरहेको छ।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरू मध्ये १० जना छात्रा छन्।

उनीहरू १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved