इजरायलमा रहेका नेपालीको छिटो उद्धार गर्न सरकारसँग पीडित परिवारको आग्रह

नेपालभ्युज

इजरायलमा रहेका नेपालीको छिटो उद्धार गर्न सरकारसँग पीडित परिवारको आग्रह

काठमाडौँ । इजरायल द्वन्द्वको चपेटामा परेकाहरूलाई तत्काल उद्धार गर्न उनीहरूका आफन्तले सरकार समक्ष आग्रह गरेका छन् । सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाँजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेको लोकेन्द्रकी काकी आमा चन्द्रा बिष्टले बताइन । उनले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरेकी छिन् । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए ।

उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्रा बताउँछिन् ।

‘बच्चासँग हामी आधि आधि घण्टामा कन्ट्याकमा छौँ । उसले कुरा गर्न पाईराखेको छ । त्यस्तो कन्ट्याक्टविहिन चाहिँ भएको छैन’, उनले भनिन् ‘अब चाहिँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्युले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरूलाई छिटो लिएर आउनु प¥यो । छिटो हामीलाई उद्धार गर भनेर बच्चाहरूले हामीलाई बारम्बार तनाव दिईरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेऊ सरकार ।’

पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरूको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ ।

सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved