हाजिरी जमानीमा छुटे ओएसआर डिजिटलका सञ्चालक अग्रवाल

नेपालभ्युज

हाजिरी जमानीमा छुटे ओएसआर डिजिटलका सञ्चालक अग्रवाल

काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल हाजिरी जमानीमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई १९ गतेदेखि लागू हुनेगरी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान सम्पन्न गरी   उनका कानुनी सल्लाहकार आशिष श्रेष्ठ वैद्यको जिम्मा लगाएर छाडिएको हो ।

निर्माता सुदर्शन बस्नेतको उजुरीमा  गत शुक्रबार पक्राउ परेका उनीमाथी  निर्माताको अनुमतिबिना  स्वदेश तथा विदेशमा  फिल्म प्रदर्शन गरी डेढ करोड हानी पुर्‍याएको आरोप लागेको छ ।

सोही प्रकरणमा सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved