अहिलेको सरकारले देशको सुरक्षा गर्न सक्दैन : ओली

‘इजरालयलमा रहेका नेपालीको उद्दार गर्न सरकारको पहल पुगेन’

नेपालभ्युज

अहिलेको सरकारले देशको सुरक्षा गर्न सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले देशको सुरक्षा गर्न नसक्ने बताएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुन नसक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड जनताप्रति उत्तरदायी नभएको टिप्पणी समेत गरेका छन् । ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन’, उनले भने ।

एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो । ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको अर्थतन्त्र यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उनले भने ।

अध्यक्ष ओलीले इजरायलमा हमासको आक्रमणका कारण प्रभावित नेपालीको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि सरकार गम्भीर बन्नु पर्नेमा ओलीले जोड दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गरी इजरायलमा रहेका नागरिकलाई स्वदेश ल्याउन पहल गर्नुपर्ने ओलीको भनाइ थियो ।

एमालेको सरकार हुुँदा तत्कालीन समयमा अफगानिस्तानमा फसेका नेपालीहको उद्धार गरेको स्मरण गर्दै ओलीले अहिलेको सरकारले पनि त्यस्तै काम गनुपर्ने बताए ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved