महराका छोरा राहुलविरुद्ध संगठित अपराधमा मुद्दा चलाउन सीआईबीको सिफारिस

नेपालभ्युज

महराका छोरा राहुलविरुद्ध संगठित अपराधमा मुद्दा चलाउन सीआईबीको सिफारिस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।

विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा सीआईबीले राहुललाई निण्न्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

प्रहरीले राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सुझाएको हो ।

पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved