एमालेले भन्यो- इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्रीले नै पहल गर्नुपर्छ

नेपालभ्युज

एमालेले भन्यो- इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्रीले नै पहल गर्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै पहल गर्नुपर्ने बताएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने पनि बताएका छन् ।

हमासको आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि उनले सरकारलाई सचेत गराएका छन् ।

विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले उक्त कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved