एजेन्सी । तपाईंहरु धेरैले छालाको सुरक्षाका लागि घरेलु उपायहरुमा प्रायः बेसार र बेसनको प्रयोग गर्नुहुन्छ होला । तर कहिल्यै अनुहारमा गहुँको पिठो लगाउनुभएको छ ? यसले पनि अनुहारलाई चम्काउन तथा यसको सुरक्षामा एकदमै राम्रो काम गर्छ । आज जानौं गहुँको पिठोलाई कसरी अनुहारको छाला चम्काउन प्रयोग गर्ने ।
गहुँको पिठो अनुहारमा लगाउँदा छालामा भएका डेड सेल्सहरुबाट छुट्कारा पाउन सकिन्छ । यसका लागि आवश्यक मात्रामा पिठो लिनुहोस् र त्यसमा गुलाब जल वा दुध मिसाएर लेप तयार गर्नुहोस् र गोलाकारमा अनुहारमा मसाज गर्नुहोस् ।
गहुँको पिठोमा भिटामिन्स तथा मिनरल्सहरु भरपूर मात्रामा पाइन्छ । यसमा भिटामिन ई र जिंक पनि राम्रो मात्रामा हुन्छ जसले चाउरीपनाको समस्या पनि कम गर्छ ।
यदी तपाईंको अनुहारमा धेरे चिल्लो आउँछ भने गहुँको पिठोमा मह, दुध र गुलाब जल मिसाउनुहोस् । अब उक्त मिश्रणले अनुहारमा मसाज गर्नुहोस् र केहीबेर सुक्न दिनुहोस् । १० देखि १५ मिनेटपछि अनुहार धुनुहोस् ।
त्यस्तै घामको किरणले पनि छालामा नराम्रो असर गरिरहेको हुन्छ । त्यस्तो समस्याबाट बच्नका लागि पनि गहुँको पिठोलाई अनुहारमा लगाउन सकिन्छ । वा अन्य तपाईंको शरीरमा घामले असर गरेको छ भने पनि यसको प्रयोग गर्नुहोस् ।
अनुहारमा कैयौं दाग धब्बाहरु हुन्छन्, जसलाई गहुँको पिठोको सहयोगले निको पार्न सकिन्छ । यसका लागि तपाईं पिठोमा नौनी र एक चिम्टी बेसार मिसाएर लगाउनुहोस् । यो लेपलाई अनुहारमा २० देखि २५ मिनेटका लागि लगाउने र पछि सफा पानीले अनुहार धुने ।
Facebook Comment
Comment